काठमाडौं, भदौ १४ । सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरेर आफ्नो चरित्र हत्या गरिएको भन्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले आपत्ती जनाउनु भएको छ ।
माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर भइरहेको छ ।माओवादी केन्द्रकै कार्यकर्ताबीच स्थानीय चुनावका बेला भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी भएको साइबर व्युरोमा उजुरी दिने तयारी भइरहेको छ बस्नेतको सचिवालयले जनाएको छ ।
बस्नेतका स्वकीय सचिव दिनेश थापाले सामाजिक सञ्जालमा लेख्दै सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने केशव थुलुङ र एसपी रेग्मी विरुद्ध साइवर व्यूरोमा उजुरी दिइने जनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्