सुर्खेत, १५ भदौ । सुर्खेतमा तीजको नाच हेर्ने क्रममा झडप हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोलामा तीजको नाच हेर्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार झडपको क्रममा कुटपिट गर्दा रोशन जीसीको घटनास्थलमै मृत्यु भएको हो । कुटपिटबाट मृतक जीसीको टाउकोमा चोट लागेको थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्