जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार ०९:०५

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन


काठमाडौं, १५ भदौ ।  भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो पन्छाउन परिचालन गरिएका डोजर ।१५ भदौ, चितवन । पहिरो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका वडा नं। २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् ।  सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ ।