जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार २०:५२

कांग्रेस १०० सिटबाट टसमस नभएपछि यस्तो निष्कर्ष पुग्यो गठबन्धन


काठमाडौं, १५ भदौ । आगमी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडका लागि टुंगोमा पुरयाउनका लागि बसेको कार्यदलको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकमा निष्कर्ष ननिस्किएपछि बिहीबार बस्ने गरी बैठक सकिएको छ।नेपाली कांग्रेसले १०० सिटबाट टसमस नहुने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको कार्यदलका एक सदस्यले बताए । नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले ३२, राष्टिय जनमोर्चाले २ सिटमा दावी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।

जम्मा १६५ निर्वाचन क्षेत्र मध्ये सत्ता गठबन्‍धनमा आवद्ध दलहरूको दाबी २३४ पुगेपवछि सिट फाँटफाँडमा सकस भएको बताइएको छ ।

सत्ता गठबन्धनको बैठकअघि नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकमा कांग्रेस १०० सिटको दाबीबाट पछि हट्न नहुने निष्कर्ष निकालेर सत्ता गठबन्धनको बैठकमा सहभागी भएको हो।कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।