जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १५:१७

पहिलो पटक महिलाको नेतृत्व, एनसीसी बहराइनमा गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन


काठमाडौं, साउन ११

गैर आवासीय नेपाली संघ एनसीसि बहराइनमा लक्ष्मी गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, उपाध्यक्ष अमर श्रेष्ठ, कृष्ण कुमारी गुरुङ महिला उपाध्यक्ष, महासचिव राजुकुमार श्रेष्ठ, राजु खत्री सचिव, विष्णुप्रसाद आचार्य कोषाध्यक्ष, सह कोषाध्यक्ष देबेन्द्र गिरी महिला संयोजक लक्ष्मी क्षेत्री तथा युवा संयोजक तिर्थबहादुर भण्डारी चयन हुनुभएको हो ।

त्यस्तै पर्यटन संयोजक सुशिल भण्डारी र कार्यसमिति सदस्यहरुमा दिप विक्रम राना, तिलकबहादुर कार्की, कमला सुनार विक, रविन केसी र संगीता खत्री सर्वसम्मत चयन हुनुभएको छ । समिति चयनपछि अध्यक्ष गिरिले बहराईनमा रहेका नेपाली कामदारहरु र हाउसमेड कामदारहरुको हकअधिकारको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाल र बहराईनबिच सिधा हवाईसेवा नहुँदा धेरै समस्या परेको जनाउँदै हवाईसेवा खुलाउन पहल गर्ने बताउनुभयो । एनसीसि बहराइनको जुलाई २६ मा भएको सातौं अधिवेशनमा एनआरएनए आईसिसी उपाध्यक्ष कुमार पन्त, एनआरएनए आइसीसी सचीव डिबि क्षेत्री, सदस्य मनोज गोर्खाली, कल्याण श्रेष्ठ, राजु सैयद, सुदिप कार्की, दुर्गा गिरीलगायतको उपस्थिति रहेको थियो ।