जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १४:३५

विघटनको मुद्धा स्वतन्त्र रुपमा फैसला गर्न दिएको भए यो स्थिति हुँदैन थियो – जबरा


काठमाडौ, १६ भदौ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संसद विघटनको मुदा स्वतन्त्र रुपमा न्यायपालिकालाई फैसला गर्न दिएको भए आज यो स्थिति नआउने दाबी गरेका छन्।
महाअभियोग सिफारिस समितिको पहिलो बैठकलाई बयान दिने क्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दोस्रो विघटन सहि रहेको संकेत गर्दै राणाले भने “मैले दुखका साथ् भन्नुपर्छ उक्त फैसला गर्न गराउनलाई सबै चिज प्रयोग भयो । यसको जिउदो साची त म हु नि ।”