चितवन, १६ भदौ । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञचालनमा आएको छ । आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए । अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।













प्रतिक्रिया दिनुहोस्