जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १५:३९

लमजुङको दोर्दीमा पहिरोले चार घर विस्थापित, ६ घर उच्च जोखिममा


लमजुङ, १६ भदौ । लमजुङको दोर्दी गाउँपालिका-६ ढोडेनीमा पहिरोले चार घर विस्थापित भएको छ ।

बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको घर विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जोखिममा परेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।