जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १५:५५

गर्भवती महिलाको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन राजीनामा


पोर्चुगल, १६ भदौ । पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मंगलबार राजीनामा दिनुभयो । स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकार्नुभएको छ ।

लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उहाँको राजीनामाको घोषणा गरिएको हो । एउटा अस्पतालबाट अर्कोमा लैजादैँ गर्दा हृदयघातका कारण ३४ वर्षीया टेमिडोको मृत्यु भएको बताइएको छ ।