जनता टाइम्स

१७ भदौ २०७९, शुक्रबार १२:३३

वीर अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते


काठमाडौं, १७ भदौ । वीर अस्पताल अगाडी मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाईते हुनुभएको छ । काठमाडौं महानगरपालिका–२७ मा पर्ने बीर अगाडि घाईते हुनेमा रामेछाप घर भई हाल भोटेबहाल बस्ने ७५ वर्षिया राज कुमारी नगरकोटी रहनुभएको छ ।

उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ । आज बिहान पौने ७ बजे बा ३० प ९५३७ नम्बरको मोटरसाइकलले नगरकोटीलाई ठक्कर दिएको हो । मोटरसाइकल र चालक नियन्त्रणमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।