जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार १२:४९

चितवनको जुगेडीमा माइक्रो दुर्घटना, १६ घाइते


चितवन, १७ भदौ । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् । घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।

नारायणगढबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।