जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १७:४४

संसदको कार्यकालसम्बन्धी विधेयकमा छलफल सुरु


काठमाडौं, १९ भदौ । प्रतिनिधिसभाको कार्यकालसम्बन्धीसहित ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि सामान्य छलफल सुरु भएको छ ।

आइतबारको प्रतिनिधिसभा दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ प्रस्ताव (विधेयक) राखेपछि सामान्य छलफल सुरु भएको हो ।

आइतबारको पहिलो बैठकमा मन्त्री शर्माले उक्त विधेयक पेस गर्नुभएको थियो । प्रतिनिधिसभाको कार्यकालबारे रहेको अन्योल चिर्नसहित उक्त विधेयक ल्याएको उहाँले दाबी गर्नुभएको थियो ।

अहिले जारी दोस्रो बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।