जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार २१:२२

चोलेन्द्रलाई घेराबन्दीमा पार्ने मै हुँ : अध्यक्ष प्रचण्ड


काठमाडौं, १९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई आफूले नै घेराबन्दीमा पारेको दावी गर्नुभएको छ ।आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले चोलेन्द्रलाई घेराबन्दीमा पार्ने कामको नेतृत्व आफूले गरेको बताउनुभएको हो ।

महाभियोग सिफारिस समितिमा चोलेन्द्रले आफूलाई सडकबाट घेराबन्दीमा पारिएका बताउनुभयो । सोही बयानप्रति इंगित गर्दै दाहालले त्यसको नेतृत्व आफूले गरेको बताउनुभएको हो। ‘तपाईंहरूले देख्नु भयो, अस्ति चोलेन्द्रशमशेर राणाले संसदीय सुनुवाई समितिमा गएर बयान दिँदा उहाँले भन्नुभयो ।

म घेराबन्दीमा परे । सडकको घेराबन्दीमा परे भनेर भन्न छोडनु भएको छैन । त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो’, दाहालले भन्नुभयो ।