जनता टाइम्स

२० भाद्र २०७९, सोमबार ११:५६

पहिरोका कारण मध्य महाडी लोकमार्ग अवरुद्ध


सिन्धुली, २० भदौ । सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटो सहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरो हटाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

लोकमार्गमा झरेको पहिरोका कारण देशको पुर्वी भेग तर्फ जाने आउने सवारी साधन पुर्ण रुपमा प्रभावित भएका छन् ।