अर्घाखाँची, भदौ २० । । नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस हुनुभएको छ ।
अर्घाखाँचीबाट लगातार ३ पटक निर्वाचन जितेका रायमाझीको एकल नाम सिफारिस गरिएको हो । आज बसेको जिल्ला कमिटी बैठकले रायमाझीलाई सर्वसम्मततिले एकल उम्मेदवार सिफारिस गरेको हो । रायमाझी पटक पटक मन्त्री तथा उपप्रधानमन्त्री भइसक्नु भएको छ ।
रायमाझीकै योजना अनुसार स्थानीय तहको निर्वाचनमा ५ दलको वडा तहसम्म भएको गठबन्धनलाई तोडेर बहुमत पालिका जएमालेले जितेको थियो । प्रदेशका दुवै क्षेत्रमा पनि एमालेले एकल उम्मेदवार सिफारिस गरेको छ ।
प्रदेश ‘क’ बाट नेता चेतनारायण आचार्य तथा ‘ख’ बाट नेता रामजी घिमिरे एकल उम्मेदवार सिफारिस हुनुभएको हो । उहाँहरू दुवैजना अहिले लुम्बिनी प्रदेशका सांसद हुनुहुन्छ । स्थानीय तहको वडागत मत परिणाममा एमाले ४८२६०, कांग्रेस ३७९२५ माओवादी ७७९०, राजमो ४२९४, एस ३७६३ मत रहेको छ ।













प्रतिक्रिया दिनुहोस्