झापा, भदौ २० । झापाको निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका एलपी साँवा लिम्बू सर्वसम्मत सिफारिस हुनुभएको छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आजको बैठकले साँवालाई सर्वसम्मत सिफारिसको निर्णय गरेको हो ।
उक्त क्षेत्रबाट अन्य चारजना नेताले संघीय साँसदका लागि दाबी गरेका थिए । जसमा हिरा बहादुर थापा,होम गौतम , निवर्तमान मेयर चन्द्रकुमार शेर्मा र निवर्तमान उपमेयर भोजकुमारी नेपालरहेका थिए । कमिटी र जनतामा साँवा नै लोकप्रिय भएकोले अन्य दाबेदारले उहाँलाई सर्वसम्मत गराउन सहयोग गरेका थिए ।
साँवाले सबै आकांक्षी र कमिटीलाई धन्यवाद दिंदैं मंसिर ४ गतेको निर्वाच्नमा झापा ४ मा पार्टी यसरी नै सर्वसम्मत र एक ढिक्का भएर निर्वाचनमा खट्ने बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्