जनता टाइम्स

२१ भाद्र २०७९, मंगलवार ११:१३

नेकपा एमालेका सचिव योगेश भट्टराईबाट जन्मदिनको अवसरमा विद्यार्थीलाई आर्थिक


काठमाडौं, भदौ २१ ।  नेकपा एमालेका सचिव तथा प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत शारिरिक रुपले असक्त विद्यार्थीलाई आर्थिक सहयोग गर्नु भएको छ । आगामी दिनमा समेत जिवनको थप पठनपाठन र स्वास्थ्यमा समस्या आइपरे उपचारका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । जीवन पाथीभरा बहुमुखी क्याम्पसमा विएड तेश्रो वर्षमा अध्ययनरत हुुनुहुन्छ। उहाँ शारिरिक रुपमा अशक्त रहनुएको छ ।

गृहजिल्ला ताप्लेजुङमा रहनुभएका भट्टराईले मैवाखोला ५ फाकुम्बाका जीवन लिम्बूलाई अध्ययनका लागि २० हजार रुपैयाँ र एकवर्षको कोठा भाडाबापत २४ हजार रुपैँया प्रदान गर्नु भएको हो । हरेक वर्ष जन्मदिनको दिन विपन्न, असहाय तथा पीडितलाई सहयोग गर्दै आउनु भएको छ ।

०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेर यो खालको कामको शुरुवात गर्नु भएको थियो । ०७३ सालको जन्मदिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाउनु भएको थियो । ०७४ को जन्मदिनमा दुवै भल्ब फेर्नुपर्ने समस्याबाट पिडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गर्नु भएको थियो ।

०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग प्रदान गर्नु भएको थिायो । २०७७ साल पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहिन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गर्नु भएको थियो । यसअघि उहाले एसिड आक्रमण पीडित मुस्कान खातुन लगायतलाई सहयोग गर्नु भएको थियो । उहाँको जन्म वि.स २०२३ भदौ २१ गते ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा भएको हो ।