जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार १०:४३

भारतीय स्थल सेनाध्यक्षले आज मुक्तिनाथको दर्शन गर्ने


काठमाडौं, २२ भदौ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जानुहुने भएको छ । पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

मुक्तिनाथको दर्शन गरी आजै उहाँ पोखरा आउने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारीय स्थल सेनाध्यक्ष पाण्डेले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो ।