जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार १४:४८

पुष्पा २ बाट अल्लुले लिए १२५ करोड पारिश्रमिक


एजेन्सी, २२ भदौ । फिल्म ‘पुष्पा’को सफलता पछि अल्लु अर्जुन पेन इण्डिया स्टार बन्नुभएको छ । उहाँको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ । उहाँले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक बुझ्नुभएको छ ।

समाचारअनुसार ‘पुष्पा २’ का लागि उहाँले १२५ करोड पारिश्रमिक लिएका छन् । यो फिल्मको बजेट ४ सय ५० करोड हो । उहाँको यो पारिश्रमिकसँगै बलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको तेस्रो स्थानमा पर्नुभएको हो । पारिश्रमिकको मामलामा उहाँले अभिनेता अक्षय कुमारलाई पनि पछि पार्नुभएको छ ।

यसअघि अभिनेता सलमानले फिल्म ‘किसीका भाइ किसीका जान’का लागि १२५ करोड पारिश्रमिक लिनुहुने भएको छ । फिल्म निर्माताले नै स्वेच्छाले उहाँलाई यो पारिश्रमिक दिन लागेको हो । सलमानको यो फिल्म यसै वर्षको ३० डिसेम्बरमा रिलिज हुँदै छ । अल्लुको फिल्म भने आगामी वर्षमात्र रिलिज हुनेछ ।