जनता टाइम्स

२३ भाद्र २०७९, बिहीबार १२:३७

वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा (फोटो फिचर)


काठमाडौं, २३ भदौ । हनुमानढोकास्थित वसन्तपुरमा आज ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ ।

इन्द्रजात्रा पर्वअनुुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ । जसअनुुसार बुधबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो भने आज वसन्तपुरमै ५४ जना कुमारीको पूजा गरिएको हो ।

यस वर्ष इन्द्रजात्राको अन्तिम दिन शुक्रबार परेको छ । यसदिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।