जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १४:४१

ओलीबिरुद्ध मिसन बनाएर इश्वरको मानमर्दन गरेपछि…


काठमाडौं, साउन १२ । पार्टी स्कुल विभागको नेतृत्वमा सहमति नजुटेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि स्थगित भएको छ । बैठकअघि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको बार्तामा स्कूल बिभागबारे टुंगो नलागेपछि भोलिसम्मका लागि सचिवालय  बैठक स्थगित गरिएको हो ।

नेकपाले केन्द्रीय बिभाग, निकायलगायतका एकताको बाँकी कामलाई पुर्णता दिन आज तीन बजे सचिवालय बैठक बोलाएको थियो । गत साउन ५ गते बसेको सचिवालय बैठकले जिल्ला र महानगरको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएपछि नेकपाको सचिवालयब ैठक बस्न सकेको छैन । सो बैठकले साउन ७ गते एकतालाई पुर्णता दिने निर्णय गरेपनि स्कूल बिभागमा सहमति जुटन नसक्दा पटक पटक बैठक स्गथित भएको छ । नेकपाको सचिवालय बैठक आज स्थगित गरी भोलि दिउँसो ३ बजे बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो । ‘दुई अध्यक्षले गृहकार्य नपुगेको भनेपछि बैठक सारिएको हो,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान पनि सहमतिका लागि बालुवाटारमा छलफल भएको थियो । दुई अध्यक्षले शनिबार बिहान पनि छलफल गर्नुभएको थियो । सचिवालय बैठक नै बस्न नसकेपछि केन्द्रमा रहने ३२ विभाग, २२ जनवर्गीय संगठन र एउटा प्रतिष्ठानको इञ्चार्ज सहइञ्चार्जको जिम्मेवारी टुंगिन सकेको छैन । स्कुल विभागको नेतृत्वमा विवाद देखिएपछि सचिवालय बैठक यसअघि दुई पटकसम्म स्थगित भइसकेको छ ।

स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलसँगै स्थायी समिति सदस्य घणश्याम भुसाल र बेदुराम भुसालले दावी गर्नुभएको छ । नेकपामा स्कुल विवादमा विवाद देखिए पनि अन्य विभागको नेतृत्वमा भने खास समस्या देखिएको छैन । ३२ विभाग र एउटा प्रतिष्ठानमध्ये स्कुलिङ विभागबाहेक १८ विभागको नेतृत्व तत्कालीन एमाले र १४ विभागको नेतृत्व तत्कालीन माओवादी तर्फका नेताले जिम्मेवारी लिने सहमति भइसकेको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले बैचारिक नेता इश्वर पोखरेललाई स्कूल बिभागमा प्रस्ताव गरेपछि अनेक बहानावाजी भएपछि स्कूल बिभागको लफडा बढेको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूमाथि जानाजान आक्रमण गर्नै नियोजित उदेश्यबाट स्कूल बिभागमा पोखरेलको मानमर्दन गरेको निश्कर्षसहित पोखरेललाई नै बिभागको नेतृत्व दिनुपर्ने अडानमा हुनुहुन्छ । ओली निकट स्रोतका अनुसार इश्वर पोखरेलमाथिको प्रहारलाई ओलीले आफ्नो तेस्रो आँखा (थर्ड आई) माथि आक्रमण गरेको रुपमा बुझ्नु भएको छ ।

के गर्छ स्कुल विभागले ?

स्कुल विभागले पार्टीका नीति, सिद्धान्त, विचारहरू कार्यकर्तामाझ लगेर प्रशिक्षण दिन्छ । नेकपाको नियमावलीमा विभागका मुख्य ७ ओटा काम तोकिएका छन । पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप नियमित वा आवधिक स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटीसमक्ष प्रस्तुत गर्ने, पार्टी सदस्यको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने, स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञ तयार गर्ने काम विभागको हुनेछ ।

त्यस्तै, पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने, प्रशिक्षण कार्यक्रमको मूल्यांकन गर्ने, प्रशिक्षार्थीको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने, स्वदेश तथा विदेशका पार्टी स्कुलसँग अनुभव आदानप्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने काम विभागको हुन्छ । बिचारको नेतृत्व गर्ने बिभाग भएकोले पूर्वएमाले र पूर्वमाओवादीबीच नेतृत्व लिन रस्सकस्सी चलेको छ ।