जनता टाइम्स

२३ भाद्र २०७९, बिहीबार १५:४२

गुल्मी–२ ले आफूलाई खोजेको झाँक्रीको मपाइत्व


बुटवल, २३ भदौ । नेकपा एसको सचिव रामकुमारी झाँक्रीले गुल्मीमा आफ्नो अनुहार खोजेको बताउनुभयो । उहाँले गुल्मी–२ ले आफूलाई नै खाजेको भन्दै मपाइत्व प्रदर्शन गर्नुभएको छ । उहाँले चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको भन्दै आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।

पूर्वमन्त्रीसमेत रहनुभएको झाँक्रीले राजनीतिक दलले मोलमोलाइ गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठावान नेता, कार्यकर्तालाई मार परेको सुनाउनुभयो । स्थानीय स्तरमा जनताले अनुभूति गर्ने गरी काम गर्ने उम्मेदवार उठाउनुपर्ने उहाँको भनाइ छ ।

आफू गुल्मी-२ बाटै उठ्ने भन्दै उहाँल थप्नुभयो,‘स्थानीय स्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबीलगायतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जति पटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र पटक–पटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी–२ ले खोजेको छ, त्यसकारण म चुनाव जित्छु ।’