एजेन्सी, २३ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पहिले नै भनिसकेको छ कि यदि कुनै व्यक्ति लामो समयसम्म कोरोना भाइरसबाट प्रभावित भएमा धेरै रोगको सिकार हुन सक्छन्। ‘लामो समयदेखि कोभिड–१९ संक्रमित भएकाले २०० भन्दा बढी लक्षण देखा पर्ने सम्भावना हुन्छ’ डब्लुएचओले भनेको छ ।
यो समयमा मानिसलाई थकान, दुखाइ, ज्वरो, मुटुसम्बन्धी रोगलगायतका रोगले सताउने उसले बताएको छ । यसको उदाहरण भर्खरै देखिएको छ । सन् २०२० को वसन्तमा कोभिड–१९ सङ्क्रमित भएका ५६ वर्षीय स्कट टेलरले आत्महत्या गरेका छन् । संक्रमण १८ महिनासम्म पनि निको नभएपछि अन्ततः आत्महत्या गरेको बताइएको छ ।
कसैलाई वास्ता छैन
स्कट टेलरले आफ्नो साथीलाई अन्तिम सन्देशमा भने, ‘कसैलाई वास्ता छैन । सुन्ने समय कसैसँग छैन। म पूर्ण रूपमा थकित र दुखाइमा छु।
म आफ्नो काम मुश्किलले गर्न सक्छु। मलाई थाहा छैन म के भन्दैछु।’
यो पहिलो मामला होइन। तर, आत्महत्या गर्नेको संख्याको आधिकारिक तथ्यांक भने छैन । अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थ र बेलायतको डाटा सङ्कलन एजेन्सीले यस्ता मृत्युबारे अध्ययन सुरु गरेका छन् ।
गम्भीरतापूर्वक लिन आवश्यक छ
माउन्ट सिनाई हेल्थ सिस्टमका मनोचिकित्सक लियो शेरले भने, ‘लामो समयदेखि कोभिडबाट पीडित व्यक्तिहरूमा आत्महत्याको प्रयास र आत्महत्याको योजना जस्ता विचारहरू आउन थाल्छन् भन्नेमा म पक्का छु। यससँग सम्बन्धित तथ्यांक हामीसँग छैन । हामीले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने ।
युनिभर्सिटी अफ वाशिंगटनको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन (आइएचएmई) का अनुसार कोभिडका बिरामीहरू समयसँगै निको हुन्छन् । लगभग १५ प्रतिशत ले १२ महिना पछि पनि लक्षणहरू अनुभव गर्दछन् । यसको लागि कुनै ग्यारेन्टी उपचार छैन ।













प्रतिक्रिया दिनुहोस्