काठमाडौं, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताउनुभएको छ । आज विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताउनुभएको हो ।
उहाँले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरुको हातमा रहेको बताउनुभयो । उहाँले मन्त्रीहरु को बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरुको चासोको विषय हुने गरेको जिकिर गर्नुभयो । अध्यक्ष लिङ्देनले हिन्दु राष्ट्रको समाप्त पार्नेहरूको अभिष्ट अझैपनि पूरा भइ नसकेको टिप्पणी गर्नुभयो ।
अध्यक्ष लिङ्देनले नेपाललाई कसैको माग बिना नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै त्यसो हुँदा पनि हिन्दु धर्मावलम्बीहरुले कुनै बिरोध गर्न नसकेको बताउनुभयो । उहाँले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि ॐकार परिवारको प्रयत्न र सक्रियतालाई अझै बढाउनुपर्नेमा जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्