जनता टाइम्स

२५ भाद्र २०७९, शनिबार १३:३७

यसकारण आज पनि प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक आगामी बुधबार बस्ने


काठमाडौं, २५ भदौ । आज दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ः०० बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।