जनता टाइम्स

२५ भाद्र २०७९, शनिबार २२:०३

प्रभावकारी बन्दै राष्ट्रपति महिला उत्थान कार्यक्रम, सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार


डोटी, २५ भदौ ।डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार सेनाले जनाएको छ ।

बिहीबार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिनुभएको थियो । उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गण डोटीले जनाएको छ ।