जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १४:५३

सन्दीप अध्यागमन विभागको कालोसूचिमा


काठमाडौं, २६ भदौ । बालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचिमा राखेको छ । उनी नेपाल आउनासाथ विमानस्थलबाटै पक्राउ गर्ने गरी कालोसूचिमा राखिएको विमानस्थल श्रोतले बताएको छ ।

हाल क्यारेवियन लिग खेल्न जमैका पुगेका सन्दीपले आफू निर्दोष रहेको कुरा सामाजिक सञ्जालमा बताउँदै आएका छन् । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।