जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १५:४५

गठबन्धनलाई गोकुल बास्कोटाको पश्न– प्रधानमन्त्रीको उमेदवार को रहेछ ?


काठमाडौं, २६ भदौ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाउनुभइएको छ । गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

‘गठबन्धनको प्रमको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरु जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको उाँहले बताउनुभएको छ । ‘घ्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उहाँले भन्नुभएको छ ।