काठमाडौं, २६ भदौ । २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी असोज १ गते बिदा हुनुहुने भएको छ । असोज १ गते प्रतिनिधिसभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
५ वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरु पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गर्नुभएको थियो । प्रतिनिधिसभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै उक्त दिन अन्तिम बैठक राखेर सांसदहरुलाई बिदाइ गर्न लागिएको हो ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको मनोनयन असोज २ गते तय भएकाले त्यसअघि सांसदहरुलाई बिदाइ गर्न लागिएको हो । संसद सचिवालयका अनुसार अन्तिम बैठक राखेर सभामुखले भोज दिएर विदाई गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसअघि संसद सचिवालयले भदौ २९ गते बैठक राखेको छ ।













प्रतिक्रिया दिनुहोस्