जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १६:४१

प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा


काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिनुभएको छ ।

अलमुताइरीले आज सामाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताउनुभएको हो । उहाँले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाउनुभएको छ ।