काठमाडौं, २६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाए महाभियोग फिर्ता लिने भनेर कांग्रेस नेता भेट्न आएको खुलाशा गर्नुभएको छ । उहाँले आइतबार बसेको महाभियोग समितिको बैठकमा बोल्दै कांग्रेसकी डिना उपाध्याय आफ्नो क्वाटरमा आएको बताउनुभयो । ‘राजीनामा दिने हो भने हामी सहजीकरण गर्छौं।
महाभियोग फिर्ता लिन्छौं। एक डेढ महिना तपाईं काम गर्नुस् त्यसपछि दीपकलाई दिनुस् भनेर राजनीतिक पार्टीका शीर्ष नेताले भन्नुभएको हो ’ उहाँले बयानमा भन्नुभएको छ, ‘को नेताले भनेको हो म त्यो पनि भन्दिन्छु।’ यसरी भनेपछि उहाँलाई त्यहाँ उपस्थितले नाम भन्न सुझाव दिएपछि डिना उपाध्यायको नाम लिनुभएको हो ।
‘नेपाली कांग्रेसकी डिनाजीलाई सोधे हुन्छ। उहाँ मकहाँ आउनुभएको हो। यसमा मैले प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर तपाईसँग कुरा गर्न आएको हो, यसलाई हामी फिर्ता लिइदिन्छौं। मिलाएर राजीनामा दिइदिए हुन्थ्यो भन्नुभएको हो,’ उहाँले भन्नुभयो , ‘उहाँलाई सोध्दा हुन्छ। मेरै क्वाटरमा आएर भन्नुभएको हो।’













प्रतिक्रिया दिनुहोस्