जनता टाइम्स

२७ भाद्र २०७९, सोमबार ०८:५४

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको अनुमान


काठमाडौं, २७ भदौ  । आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि भने लगातारजसो पानी पर्ने सम्भावना छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्ने सम्भावना रहेकाले भोलि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।केही दिन मनसुन सक्रिय रहने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह पनि गरेका छन् ।