काठमाडौं , २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर जाँदै हुनुहुन्छ । विभिन्न पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश कार्यक्रमका लागि ओली जनकपुर जान लागेको एमाले सचिव रघुवीर महासेठले जानकारी दिनुभयो । ओली बिहान ११ बजे जनकपुर पुग्ने ओलीको सचिवालयले जनाएको छ।
नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको स्थानीय नेता शम्भु साह बताउनुभयो । पार्टी प्रवेशपछि आयोजना हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।













प्रतिक्रिया दिनुहोस्