जनता टाइम्स

२७ भाद्र २०७९, सोमबार १७:३६

कालो झण्डा देखाउनेलाई रिहा गर्न ओलीको आग्रह


जनकपुरधाम, २७ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गर्नुभएको छ । जनकपुरमा आज आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परेका थिए । तर, अध्यक्ष ओलीले उहाँहरुलाई रिहा गर्न प्रहरीलाई आग्रह गर्नुभएको हो ।

जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गर्नुभएको हो । गलत सूचनाका आधारमा उनीहरु कालो झण्डा देखाउन खोजिएको भन्दै ओलीले उनीहरुलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको हो ।