जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार ०८:५३

एनआरएनए हङकङको अध्यक्षमा राधिका गुरुङ बिजयी


काठमाडौं, साउन १३

गैरआवसीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा राधिका गुरुङ बिजयी हुनु भएको छ । उहा लगातार दोस्रो कार्यकालका लागि विजयी हुनु भएको हो ।

हङकङमा भएको महाधिवेशनमा निरन्जन गुरुङ्गलाई हराउँदै उहा बिजयी हुनुभयो । राधिकाले २७६ मत ल्याउदा उहाका निकटतम प्रतिद्धन्दी निरन्जन गुरुङ्गले १६२ मतमात्र ल्याउन सक्नु भयो । कुल ९५५ मतदातामध्ये ४३८ ले मतदान गरेका थिए । अध्यक्षबाहेक अन्य सबै पदाधिकारी निर्बिरोध चयन भएका छन्। उपाध्यक्षमा किसन राई र कर्म गुरुङ्ग, महासचिवमा गोकर्ण ढकाल, सचिबमा डिल्लीराम विश्वकर्मा, कोषाध्यक्ष सन्तोष गुरुङ्ग निर्विरोध विजयी हुनु भएको छ ।

त्यस्तै महिला संयोजकमा अनु राई, युवा संयोजक प्रेम लामा सदस्यहरुमा अर्जुन गौचन, बिजय गुरुङ्ग,अरविन सिंह, विजयी हुनु भयो । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त हङकङ अधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी हुनु भएको थियो ।