जनता टाइम्स

२८ भाद्र २०७९, मंगलवार २२:००

१ असोजदेखि नेपालमा हुनसक्छ पेट्रोलियमको हाहाकार


काठमाडौं, २८ भदौ । व्यवसायीले आगामी १ असोजदेखि पेट्रोलियम पदार्थकोढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।

आफ्नो माग सम्बोधन नगरेको भन्दै नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघल् असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा लोडरअनलोड नगर्ने चेतावनी दिएको हो । महासंघ अध्यक्ष खगेश्वर बोहोराले व्यवसायीका दायज माग पुरा नभएकाले पूर्वघोषित आन्दोलनकाकार्यक्रमअन्तर्गत पेट्रालियम ढुवानी रोक्न लागिएको बताए ।

अध्यक्ष खगेश्वर बोहोराका अनुसार ढुवानी व्यवसायीले भारतबाटपेट्रोलियम पदार्थ ल्याउने पीडीओ लिन छोडेका छन् । पेट्रोलियम ढुवानी व्यवसायीले ढुवानी भाडा समायोजनलगायत माग राखेरआन्दोलन घोषणा गरेका हुन् ।