जनता टाइम्स

२९ भाद्र २०७९, बुधबार ०८:३९

ली चान्सुले आज राष्ट्रपति भण्डारीसँग भेट गर्ने


काठमाडौँ, २९ भदौ । चार दिने नेपाल भ्रमणमा रहनुभएका चिनिया राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै हुनुहन्छ। भ्रमणको तेस्रो दिन बुधबार उाँहले राष्ट्रपति भण्डारीसँग भेट गर्ने तालिका छ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ६७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गरी गत सोमबार नेपाल आएका अध्यक्ष ली बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ।