काठमाडौं, २९ भदौ । आज साँझ काठमााडौंको बसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न जाने दर्शकले आफ्नो सवारी साधन खुलामञ्चमा पार्क गर्न पाउने छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त जानकारी दिएको हो । आज साँझ इन्द्रजात्राको समापन हुँदै छ ।
समापन समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पनि आज साँझ बसन्तपुरमा आउँदै हुनुहुन्छ ।
‘काठमाडौँको वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा सहभागि हुने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी सूचनामा भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्