जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार ११:४९

क्यालिफोर्निया फेस्टिभलमा गोलीचल्दा ३ जनाको मृत्यु, १५ जना घाइते


काठमाडौं, साउन १३

अमेरिकाको क्यालिफोर्नियामा ग्लारिक फेस्टिभलका क्रममा गोलीबारी हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा परि १५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जवाफी कारवाही गर्दा एक जना बन्दुकधारी मारिएका छन् । यद्यपी प्रहरीले अर्का संदिग्ध व्यक्ति छन् कि छैनन् भन्ने पत्ता लगाउन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार एक गोरो अनुहार भएका व्यक्तिले फेस्टिभलको विचमा आएर राइफलबाट गोली प्रहार गरेका थिए । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरुमा मानिसहरु भाग्दै गरेको दृश्य देखिएको छ । घटनास्थल सान जोसे सहरबाट करिब ३० किलोमिटर टाढा रहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ ।