जनता टाइम्स

३० भाद्र २०७९, बिहीबार १६:४१

पदयात्रा ‘वकाथुन’ मा अनिवार्य उपस्थित हुन प्रेस चौतारीको आग्रह


काठमाडौं, ३० भदौ । नेकपा एमालेले संविधान दिवसका अवसरमा असोज १ गते आयोजना गरेको प्रभातफेरी अर्थात् वाकाथुन कार्यक्रममा सहभागी हुन प्रेस चौतारी नेपालले सम्पूर्ण सदस्यहरुमा आग्रह गरेको छ । प्रेस चौतारीको आज बसेको बैठकले संगठनका सम्पूर्ण सदस्यलाई प्रभातफेरीमा सहभागी हुन आग्रह गरेको हो ।

बैठकमा प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डेले सदस्यहरुलाई निर्धारित समयमै प्रभातफेरीमा सहभागी हुन आग्रह गर्नुभयो ।

बैठकले डेंगु संक्रमणबाट अस्वस्थ हुनुभएका संगठनका अध्यक्ष गणेश बस्नेतसँगै महासचिव हिरामान लामा, कोषाध्यक्ष इन्द्र आचार्यलगायतको स्वास्थ्यलाभको कामनासमेत गरेको सचिव हरिबल्लभ नेपालले जानकारी दिनुभयो । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने प्रभातफेरी कार्यक्रम काठमाडौंका विभिन्न स्थानबाट हुँदैछ । प्रभातफेरी वसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ ।