काठमाडौं, ३१ भदौ । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोट धारापाटी बस्ने ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा हिजो मृत अवस्थामा फेला पर्नुभएको हो ।
दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा हिजो मृत अवस्थामा फेला पर्नुभएको हो । झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४३ वर्षीय गोबिन्द श्रेष्ठ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला पर्नुभएको छ ।
सल्यानको कालिमाटी गाउँपालिका–५ खेरेलास्थित गोठरी खोलामा हाल पहिचान नखुलेका एक जना पुरुष मृत अवस्थामा फेला पर्नुभएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्