जनता टाइम्स

३१ भाद्र २०७९, शुक्रबार १३:०७

ओलीद्धारा एमाले सांसदहरूलाई बिदाइ


काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् । आज संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गर्नुभएको हो ।

उहाँले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिनुभयो ।

२ असोजमा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ । सोही कारण एमालेले आजै सांसदहरूलाई बिदाइ गरेको हो ।