काठमाडौं, १ असोज । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बोल्ने विषयनै सकिएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नुभएको थियो ।
प्रचण्डले सम्बोधनको अधिकांश समय ओलीको आलोचनामा खर्चिएपछि चौधरीले प्रचण्डसँग बोल्ने विषयनै सकिएको बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै लेख्नुभयो,‘कमरेड प्रचण्डले आज संसदमा बोल्नु भएको भाषण पुरै प्रमुख प्रतिपक्षी नेताको आलोचना गर्दै सकियो । यसले के देखाउँछ त भन्दा कमरेड प्रचण्डसंग अब बोल्ने बिषय नै सकिएछन् ।’













प्रतिक्रिया दिनुहोस्