जनता टाइम्स

१ आश्विन २०७९, शनिबार १६:३४

सडक संजालले नछोएको मनाङको नार्पाभूमिमा सेनाको स्वास्थ्य शिविर


लमजुङ, १ असोज । सडक संजालले नछोएको मनाङको विकट गाउँ नार्पाभूमि गाउँपालिकामा सेनाले निस्शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मनाङमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा सेनाको ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो ।

शिविरमा नारगाउँमा ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाले ल्याब सेवा लिएका छन् ।

यस्तै, च्याखुमा ४२ जना आयुर्वेद, २० जना आँखा, १४ जना दाँतका बिरामीको उपचार गर्नुका साथै २५ जनाको ल्याब परीक्षण गरिएको छ । फुगाउँमा १५ जना आयुर्वेद, २८ जनाको आँखा, १५ जनाको दाँत र २१ जनाको ल्याब गरी जम्मा २६४ जनाको स्वास्थ्य परीक्षण भएको छ ।