जनता टाइम्स

१ आश्विन २०७९, शनिबार १६:५९

तीन नगरपालिकाका ३४ जनामा डेंगु संक्रमण


उदयपुर, १ असोज । उदयपुरको कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंंगु संक्रमण देखिएको छ । बेलका नगरपालिकामामा १३ जना, त्रियुगा नगरपालिकामा आठ, कटारी नगरपालिकामा पाँच जना र जिल्ला अस्पताल गाईघाटमा आठ जनामा डेंंगु फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ ।

किनकी यहाँ सबैभन्दा धेरैमा डेंंगी देखिएको छ । यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट कटारी क्षेत्रमा फैलिएको छ । झण्डै तीन दर्जनमा डेंंगी फेला परेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये तीन नगरपालिकामा भेटिएको छन् ।