काठमाडौं, असोज २ । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको नाम टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा समानुपातिकतर्फको उम्मेदवारबारे छलफल भइरहेको छ ।
एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधार तय गरी संघतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको नाम सचिवालयले टुंग्याउनेछ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट आजबाट सुरू भएको छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने आयोगको कार्यतालिका रहेको छ । सोहीअनुसार नाम टुंग्याउन बैठक बसेको हो ।













प्रतिक्रिया दिनुहोस्