जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार ०८:२०

मौसम पूर्वानुमान : आज पश्चिमी पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना


काठमाडौं, साउन १४ । मौसम पूर्वानुमान महाशाखाले आज पश्चिमी पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना औल्याएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको महाशाखाले जनाएको हो ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भइरहेको जनाइएको छ । महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना रहेको छ । आज राति देशैभर आंशिकदेखि पुर्ण बदली रही केही स्थानमा वर्षा हुने संभावना छ । पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा भने मध्यमदेखि भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना छ । पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा मध्यमदेखि भारि वर्षाको संभावना छ । बुधबार राति पनि केही स्थानमा वर्षा हुने संभावना छ । बिहीबार दिउँसो पनि केही स्थानमा वर्षा हुने संभावना रहेको महाशाखाको भनाई छ । बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा वर्षा हुने संभावना रहेको छ ।