जनता टाइम्स

२ आश्विन २०७९, आईतवार १५:४२

निर्वाचन नजिकिएसँगै थापालाई छिमेकी भेट्न भ्याई/नभ्याई, राप्रपाबाट बाहिरिनु रहर नभई बाध्यता भएको तर्क


काठमाडौं, २ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगको भेटलाई बाक्लो बनाउनुभएको छ । यही क्रममा उहाँले आज हेटौडास्थित छिमेकीहरूसँग बसेर चियासहितको छलफल गर्नुभएको हो । सो क्रममा उहाँले हेटौंडा–६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन अग्रह गर्नुभएको थियो ।

उहाँले आफूमाथि लागेको आरोपहरूबारे खोलेर कुरा गर्नुभएको थियो । राप्रपा फुटाएको नभई आफू एक्लै बाहिरिएको दलिल समेत उहाँले दिनुभयो । राप्रपाबाट बाहिरिनु रहर नभई बाध्यता भएको उहाँको तर्क थियो । उहाँले महाधिवेशनमा भएको घेराबन्दी, धोका, बेइमानीबारे निकै लामो चर्चा गर्नुभयो ।

तर, यसबाट बिचलित नभई नयाँ उर्जा र योजनाका साथ क्रियाशिल भएको दाबी गर्नुभयो । मकवानपुरको विकास निर्माणमा आफ्नो योगदान रहेको उहाँले चर्चा गर्नुभयो । उहाँले अधुरो विकास निर्माणलाई मूर्त रुप दिन चुनावी मैदानमा खडा हुन चाहेको पिन स्पष्ट पार्नुभयो ।

यसकारण सबैको साथ समर्थन खोजेको बताउनुभयो । पार्टी, वाद, विचारभन्दामाथि उठेर राम्रो उम्मेदवार चयन गर्नुपर्नेमा थापाको जोड थियो । थापाको यो अभियान सबै वडाहरूमा निरन्तर जारी रहने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।