अमेरिका, २ असोज । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा २ वटा साना विमान आकाशमै एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटना शनिबार भएको हो । एउटा विमानमा २ जना र अर्कोमा १ जनामात्र सवार थिए ।
युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालेको छ । कोलोराडोको डेनभर क्षेत्रमा दुईवटा साना विमानहरू बीच हावामा ठोक्किएर तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले आज पुष्टि गरेको हो । अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिरहेकाले पीडितहरूको पहिचान खुल्न बाँकी छ ।
एक आधिकारिक विज्ञप्तिमा, बोल्डर काउन्टी शेरिफको कार्यालयका अनुसार एउटा हवाईजहाजमा सवार दुई जना यात्रुहरू भग्नावशेष मृत फेला परेका थिए भने अर्को विमानका यात्रुहरू पनि छुट्टै ठाउँमा भग्नावशेषमा मृत फेला परेका थिए । स्थानीय समय अनुसार शनिबार बिहान करिब ९ बजे यो दुर्घटना भएको हो ।













प्रतिक्रिया दिनुहोस्