काठमाडौं, २ असोज । महिला साफ च्याम्पियनसिपको फाइनलका लागि टिकट दर यथावत राखिएको छ । समूह चरण र सेमिफाइनलकै दर यथावत राखेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच भोली हुने फाइनललाई सहज बनाएको हो ।
फाइनलमा टिकट मुल्य बढाउने छलफल भएपनि भिआइपीतर्फ ५ सय र साधारणतर्फ ३ सय रुपैयाँ टिकट दर यथावत राखेको छ । यसअघिका कतिपय प्रतियोगिताको फाइनलमा टिकट दर बढाइए पनि यसपटक भने यथावत राख्नेमा सहमति जुटेको बताइएको छ । साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच पहिलो पटक फाइनल खेल हुँदैछ ।
प्रतियोगिताको १२ वर्ष लामो इतिहासमा पहिलो पटक भारत विनाको फाइनल हुँदैछ । भारतसँग अघिल्ला ५ संस्करणका फाइनलमा ४ पटक नेपाल र एक पटक बंगलादेशले प्रतिस्पर्धा गरेको थियो । पाँचौं पटक भारत च्याम्पियन बनेको थियो । यसपटक नेपाल र बंगलादेशमध्ये जुन टोली विजयी भएपनि नयाँ च्याम्पियन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्